कार्तिक २२, २०८३ आइतबार November 8, 2026

काठमाण्डौं विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग

केयूकै मेडिकल डाक्टरहरुले आवेदन दिन नपाएपछि कार्यविधि संशोधन गरेर पुनः दरखास्त आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दोस्रो पटक आवेदन मागिएको छ । उपकुलपति नियुक्तिका निम्ति नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले आज पुनः दरखास्त आह्वान गरेको छ ।

यसअघि गत पुस १८ गते पहिलो पटक आवेदन मागिएको थियो । जसअनुरुप १७ जनाले आवेदन गरेकामा १६ जनाको स्वीकृत भएको थियो । तर, उपकुलपतिका लागि विद्यावारिधि (पिएचडी) वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्दा केयूकै मेडिकल डाक्टरहरुले आवेदन दिन नपाएपछि कार्यविधि संशोधन गरेर पुनः दरखास्त आह्वान गरिएको हो ।

यस पटक स्नातकोत्तर उतीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधिमा परिमार्जन गरिएको छ । समितिले दरखास्तको म्याद सात दिन तोकेको छ ।

पहिलो पटक स्वीकृत भएका १६ जनाको आवेदन पनि यथावत रहने जनाइएको छ । संशोधित कार्यविधि तथा दरखास्तसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट राखिएको केयुले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार