श्रावण २०, २०८३ बुधबार August 5, 2026

सुर्खेतमा २५ हजार किशोरीलाई एच.पी.भी खोप लगाइदै

कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सुर्खेतका २५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।

माघ २२ गते देखि शुरु गर्न लागिएको एच.पी.भी (ह्युमन प्यापिलोमा भाइरस)खोप दुई चरणमा गरि लगाइने जिल्ला जनस्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले विभिन्न पहिलो र दोस्रो गरि दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना बनेको जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ सम्म वीरेन्द्रनगर, लेकबेशी, भेरीगंगा नगरपालिका, चिगांड र बराहताल गाँउपालिकामा र दोस्रो चरणमा दोस्रो चरणमा माघ २७ देखि फागुन १ सम्म सिम्ता, चौकुने, पञ्चपुरी र गुर्भाकोट गाँउपालिकाहरुमा खोप कार्यक्रम सञ्चालन हुने बताए।

उक्त खोप विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिइने भएको छ । विद्यालय जाने विद्यार्थीहरूका लागि उमेर हेरिने छैन भने विद्यालय बाहिरका किशोरीहरूका लागि जन्मदर्ताको आधारमा उमेर प्रमाणित गरिने बताएका छन् ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकालले एच.पी.भी. खोपलाई विश्व स्वास्थ्य संगठनलबाट प्रमाणित भैसकेको र पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । खोप लगाएपछि कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिए पनि केही समयमै ठीक हुने भएकाले नआत्तिनसमेत निर्देशक ढकालले सुझाब दिए । उनका अनुसार खोपकै कारण जटिल प्रकारको समस्या देखिए तल्कालै समस्याको समाधान गर्न प्रदेश अस्पताल तयारी अबस्थामा रहेकोसमेत बताए ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं खोप अभियानका संयोजक गंगाराम सुनारले सरकारले ल्याएको यस अभियानलाई प्रभावकारी बनाउन सबै पक्षहरूबाट सहकार्य आवश्यक रहेको जानकारी दिए। नेपाल सरकारले हरेक वर्ष दिने नियमित खोपमा यस खोपलाई पनि केहिवर्ष देखि समावेश गरेको छ ।

यसपटक सुर्खेतका ९० प्रतिशत किशोरीहरूलार्ई खोप दिने लक्ष्य राखिएको छ । साथै, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्ने सरकारको योजना रहेको छ । कर्णाली प्रदेशमा १० जिल्लाका १ लाख २० हजार ५ सय १० किशोरीलाई खोप दिइने यूनिसेफको तथ्यांक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार