असार २३, २०८२ सोमबार July 7, 2025

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्लिन, माघ १९ गते । सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्व राष्ट्रपति होस्रट कोहलरको शनिबार निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।

कोहलरको बर्लिनस्थित आफ्नै निवासमा उमेरजन्य समस्याका कारण निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ । प्रशिक्षित अर्थशास्त्री कोहलर पहिलो जर्मन राष्ट्रपति हुनुहुन्थ्यो ।

“होस्रट कोहलरको निधनसँगै हामीले हाम्रो देश र विश्वका लागि ठूलो प्रेरणाको स्रोत अत्यन्त सम्मानित र लोकप्रिय व्यक्ति गुमाएका छौँ,” राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले कोहलरकी विधवालाई पठाएको शोक सन्देशमा उल्लेख छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले कोहलरलाई आफ्नो जीवनभर निष्पक्ष विश्वका लागि काम गरेका ‘प्रतिबद्ध राजनीतिज्ञ’ को संज्ञा दिनु भएको छ ।

जर्मन राष्ट्रपति हुनुअघि उहाँ वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख हुनुहुन्थ्यो । उहाँले जर्मनीको निजामती सेवा र बैंकिङ क्षेत्रमा पनि अन्य भूमिका निर्वाह गर्नुभएको थियो ।

तत्कालीन विपक्षी नेतृ एन्जेला मर्केल जर्मनीको चान्सलर बनेपछि उहाँ जर्मनीका राष्ट्रप्रमुख बन्नुभएको थियो ।

स्टेनमियरले आफू निर्वाचित हुँदा कोहलर पछिल्लो पुस्ताको नागरिकमाझ ‘लगभग अज्ञात’ रहेको तर चाँडै नै ‘धेरै मान्यता र सहानुभूति’ प्राप्त गरेको बताउनुभयो ।

उहाँसन् २००९ मा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो तर सन् २०१० को मे महिनामा उहाँले व्यापार मार्ग सुरक्षित गर्नका लागि आफ्नो सेनालाई समुद्रपार पठाउनु उचित हुने भनी दिएको अन्तर्वार्ताका कारण आफू विवादित बनेपछि राजीनामा दिनुभएको थियो । रासस/ एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया