श्रावण २०, २०८३ बुधबार August 5, 2026

सात हजार बढीलाई क्यान्सर विरुद्धको खोप लगाइने

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, माघ १९ गते । ओखलढुङ्गाका सात हजारभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरूद्ध लगाइने एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले जनाएको छ ।

माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो ।

अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भएको प्रमुख राजवंशीले जानकारी दिनुभयो । जिल्लाका सात हजार २०१ जना किशोरीलाई खोप लगाइने रावंशीको भनाइ छ ।

खोप सुरक्षित रहेकाले ढुक्कसँग खोप अभियानमा सहभागी हुन प्रमुख राजवंशीले आग्रह गर्नुभएको छ । किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने भएकाले अभियानलाई सफलतापुर्वक सम्मन गर्नका लागि सबैको सहयोग आवश्यक पर्नेमा उहाँको जोड छ ।

जिल्लाका १३४ विद्यालयको खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाईने र छुटेकाहरुलाई स्वास्थ्य चौकीहरुबाट पनि खोप प्रदान गरिने खोप फोकल पर्सन उमा गुरुङले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरुलाई कार्यालयले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार