मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

अज्ञात रोगले पशुधनमा ठुलो क्षति

प्रदेश र सङ्घीय सरकारको विशेषज्ञ टोलीले यसबारे थप अनुसन्धान गरेर रोग नियन्त्रणमा पहलकदमी गरिदिन अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरेका छन् भने ३३२ तुहिएका छन् । बाजुराबाट अछाममा चराउन ल्याएका भेडाबाख्रा झोव्रmाउने, मुखबाट फिँज काढ्ने, तुहिने, रगत छादेर मर्न थालेपछि स्थानीय किसान गोठै रित्तिने चिन्तामा परेका छन् ।

मरेका भेडाबाख्राको पेट चिरेर हेर्दा आन्द्रामा घाउ भएको र पाकेको, मलद्वारबाट रगत बगाएको जानकारी अछाम पुगेर प्रारम्भिक उपचार गरिरहनुभएका पशु चिकित्सक डा. पद्म पाण्डेले बताउनुभयो ।

यस्तो समस्या चरिचरनको समयमा विषालु घाँस खाएको समय हुन सक्ने आकलन गरिए पनि खास कारण भने पत्ता लाग्न नसकेको डा. पाण्डेले बताउनुभयो । उहाँले प्रदेश र सङ्घीय सरकारको विशेषज्ञ टोलीले यसबारे थप अनुसन्धान गरेर रोग नियन्त्रणमा पहलकदमी गरिदिन अनुरोध गर्नुभयो ।

भेडाबाख्रामा देखिएको रोगका कारणले कम्तीमा ९१ लाख रुपियाँको आर्थिक नोक्सानी किसानले बेहोरिसकेका छन् । सो भेडाबाख्राको न्यूनतम मूल्य २५ हजार मापन गर्दा पनि मरेका भेडाबाख्राबाट ५७ लाख, तुहिएका भेडाबाख्राको क्षति सात हजारको दरले २३ लाख र पहिलो चरणमा ३५ सय भेडाबाख्राको उपचारमा न्यूनतम ३०० रुपियाँ खर्च हुँदा १० लाख भएको र कुल ९१ लाख रुपियाँको क्षति भइसकेको पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले बताउनुभयो ।

पहिलो पटक पुस १३ गते देखिएको सो रोगका कारण भटाभट भेडाबाख्रा मर्न थालेपछि बाजुराबाट अछाममा भेडाबाख्रा चराउन आएका पशुधनीले बुढीनन्दा नगरपालिकामा गुहार मागेको थियो । त्यसपछि छिमेकी जिल्लामा पुगेर उपचार थालेको डा. पाण्डेले भन्नुभयो । उहाँ सोही नगरपालिकाको पशु चिकित्सक हुनुहुन्छ ।

पुस १३ गतेदेखि अछाम जिल्लाको मेललेख, मङ्गलसेन, चौरपाटी, पूर्वीचौकीमा देखिएको सो रोगले स्थानीय किसान छिरिङ गुरुङको मात्रै १०५ वटा भेडाबाख्रा मारिसकेका छन् । त्यस्तै प्रेम महताराको २२, जाढचौ थापाको ३५, सरपलाल गुरुङको १२, प्रेमछिरिङ गुरुङको ४२ र कर्ण गुरुङको १५ वटा भेडाबाख्रा मरिसकेका छन् । भेडाबाख्रा बिरामी हुनेव्रmम बढेको उहाँले उल्लेख गर्नुभयो ।

कृषकलाई समस्या परेपछि अछामकै  डा. हुमनाथ पाण्डेको नेतृत्वमा टोली पुगेको छ । पशु चिकित्सकको टोलीले मृतक पशुको नमुना शनिबार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी पठाएको छ ।

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. शाहीका अनुसार सो ठाउँमा करिब तीन हजार ५० भेडाबाख्रा चरिचरनका लागि बाजुराबाट अछाम ल्याइएका थिए । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार