असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकामा अर्को विमान दुर्घटना, ७ जनाको मृत्यु

विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । अमेरिकामा फेरि अर्को एक विमान दुर्घटनामा परेको छ। शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।

दुर्घटना ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएकाे बीबीसीले जनाएको छ। विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो।

बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन्। अमेरिकामा केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया