असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २.८९ % लाभांश तथा ५ प्रतिशत राईट सेयर दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई यस बर्षको नाफाबाट लाभांश वितरण गरेको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको ५ प्रतिशत राईट सेयर पनि वितरण सुरु गरेको जनाएको छ । ५ असारमा बसेको साधारणसभा बैठकले २.९८ प्रतिशत लाभांश र बोनस प्रस्ताव पारित गरेको थियो ।

सेयरधनीहरूलाई लाभांश बैंक खातामा नै पठाइएको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले लाभांश र बोनस प्राप्त नगरेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न पनि सझाएको छ ।

इन्स्योरेन्सले सार्वजनिक सूचना नै निकालेर सेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका सेयरधनीहरूले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

अहिले कम्पनीको चुक्ता पुुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया