कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘ताण्डवम्’ को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक

गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २२ माघः महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो ।

सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् । त्यसले आज रिलिज हुने ‘ताण्डवम्’को गीतलाई पनि फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।

क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममापुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार