श्रावण २०, २०८३ बुधबार August 5, 2026

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, २२ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताउनुभएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आज भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको छ,” मन्त्री पौडेलले भन्नुभयो, “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न पाइँदैन, त्यो गैरकानुनी हन्छ । कारबाहीको भागिदार हुन्छ ।”
सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै उहाँले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अब अन्त्य हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट मात्रै लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले भन्नुभयो, “सबै अस्पतालमा बिमा काउण्टर राख्न मैले भनेको छु, बिमामा झुटो दाबी रोक्नु आजको आवश्यकता हो, अस्पतालले नगदमा उपचार गराए रू ५० रूपैयाँ लिने तर त्यही सेवा बिमाबाट भए ८० रूपैया लगाउने, नगद गरे एक बेडको चार्ज एक हजार लगाउने तर बिमाबाट गए त्यही सेवा दुई हजार लाग्ने यस्ता गलत प्रवृत्ति अब रोकिनुपर्छ ।”
मन्त्री पौडेलले नागरिक योदानमा आधारित बिमा प्रणाली लागू गरी स्वास्थ्य बिमालाई रू एक लाखबाट बढाएर रू पाँच लाख बनाउने तयारी गरेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बताउँदै उहाँले यसलाई पारित गरेर बिमालाई अनिवार्य र व्यवस्थित गरिने बताउनुभयो ।
मन्त्री पौडेलले क्यान्सर सरभाइभर बिरामीलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकका रूपमा सेवा गर्नुभएका शङ्कर प्रधानाङग र दीपक ओलीलाई सम्मान गर्नुभयो । देशका १७ लाख किशोरीलाई एचपिभी खोप लगाउने अभियान आजदेखि सुरू भएको बताउँदै उहाँले आठ हजार २०० खोप केन्द्रमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले एचपिभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताउनुभयो ।
नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको बर्सेनि क्यान्सर रोगका कारण मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उहाँले यस्तो अवस्थालाई नियन्त्रण गर्न रोगै लाग्न नदिने गरी जनचेताना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहलगायतले बिरामीलाई कुनै पनि प्रकारको कष्ट नहुने गरि सेवा दिनुपर्ने आँैल्याउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार