असार २४, २०८२ मंगलबार July 8, 2025

क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु

आगामी माघ २६ सम्म हुने प्रतियोगिताको उट्घाटन खेल त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लवबिच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), माघ २२ गते । रामपुरमा विभागिय टिमसहितको सहभागितामा क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कपअन्तर्गत प्रतियोगिता सुरु भएको हो ।

सोमबार प्रतियोगिताको उट्घाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्योग, व्यवसायको प्रवर्द्धनसँगै महोत्सवमा खेलकुदको उत्थानका लागि आयोजना गरिएको प्रतियोगिता आफैँमा प्रशंसनिय रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले अनुशासन, स्वास्थ्य र मनोरञ्जनका लागि खेलकुदले महत्त्वपूर्ण सन्देश दिने बताउनुभयो । साथै कार्यक्रममा रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठक, रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन र नगर खेलकुद विकास समितिका पूर्वअध्यक्ष शंकरबहादुर खाँणले रामपुर उपत्यकाको पहिचानलाई स्थापित गर्नका लागि प्रतियोगिताले थप टेवा दिने बताउनु भएको थियो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले राष्ट्रिय खेल भलिबल खेलको प्रवर्द्धन, नयाँ प्रतिभालाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यका साथ मेलाको अवसरमा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लवसँगै मणिमुकुन्द भलिबल क्लव, रामपुर भलिबल क्लव र निस्दी भलिबल क्लवको सहभागीता रहेको भलिबल प्रतियोगिताको संयोजक कमल रानाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेतामध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख २२ हजार २२२ रुपियाँ, एक लाख ५५ हजार ५५५ रुपियाँ, एक लाख एक हजार १११ रुपियाँ र ५५ हजार ५५५ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव खिमबहादुर केसी पुरुषोत्तमले बताउनुभयो ।

आगामी माघ २६ सम्म हुने प्रतियोगिताको उट्घाटन खेल त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लवबिच भएको थियो । पहिलो सेट त्रिभुवन आर्मी क्लवले २५–२२ अङ्कसहित हात पारेको थियो । तर समय अभावका कारण सोमबारको खेल स्थगित भएको छ ।

प्रतियोगितामा मङ्गलबार त्रिभुवन आर्मी क्लव र मणिमुकुन्द भलिबल क्लव, नेपाल पुलिस क्लव र निस्दी भलिबल क्लवबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार