कार्तिक २२, २०८३ आइतबार November 8, 2026

महायज्ञ लगाएर विद्यालयको भवन निर्माण

वराहक्षेत्र माध्यमिक विद्यालयलाई दाताको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २३ माघ । दाङको घोराही उपमहानगरपालिका –१३ सेवार वनगाउँस्थित वराहक्षेत्र माध्यमिक विद्यालयमा दाताको सहयोगबाट भवन निर्माण गरिएको छ ।

महायज्ञमा सङ्कलन गरिएको करिब ७० लाख बढी रकम खर्च गरेर विद्यालयमा आठ कोठाको दुई तले भवन निर्माण गरिएको हो । माध्यमिक तहसम्म पढाइ हुने विद्यालयको भवन जीर्ण भएपछि आर्थिक स्रोत जुटाउने उद्देश्यले २०७५ माघको ३ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

उक्त सङ्कलित रकमबाट विद्यालयको भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव बिमला योगीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई पूर्वाधारका दृष्टिकोणले सम्पन्न गराउने गरी महायज्ञबाट दान सङ्कलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । महायज्ञबाट सङ्कलित रकममध्ये १५ लाख रुपियाँ विद्यालयलाई बस सञ्चालनका लागि सहयोग गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष भुपाल योगीले बताउनुभयो ।

उहाँका अनुसार महायज्ञ लगाएको लामो समयपछि विद्यालयको भवन निर्माणसँगै हस्तान्तरण गरिएको छ । विद्यालयको नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहजता भएको वराहक्षेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगीले जानकारी दिनुभयो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पुरानो जीर्ण भवनमा बसालेर पढाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

विद्यार्थीलाई निःशुल्क रूपमा पढाउनु पर्ने र विद्यालयका लागि आर्थिक स्रोत जुटाउने अन्य कुनै माध्यम नहुँदा पुरानो भवनमा राखेर पढाउनु पर्ने बाध्यता थियो विद्यालयका प्रधानाध्यापक योगीले भन्नुभयो, ‘‘नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई पठनपाठनसँगै पढाइमा सहजता भएको छ ।’’

नयाँ भवन निर्माण भएसँगै विद्यालयमा स्मार्ट बोर्ड राख्नुका साथै सिसी क्यामेरा राखेर विद्यालयमा हुने गतिविधिलाई निगरानीमा राख्न सहजता भएको प्रधानाध्यापक योगीले बताउनुभयो । २०३८ सालमा स्थापना भएको विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।

यसैबिच नवनिर्मित विद्यालयको भवन उद्घाटनसँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको खस्कदो अवस्थाले राज्यले शिक्षा क्षेत्रमा गरिरहेको लगानी खेर गइरहेको पुष्टि गरेको भन्दै मन्त्री न्यौपानले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानुको एकिन कारण पहिल्याउनु जरुरी रहेको बताउनुभयो । लीलाधर वली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार