काठमाडौँ। मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । धेरै घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ । त्यसमध्ये ४ जनाको शल्यक्रिया भइरहेको छ ।
प्रहरीले शुरुमा ५ जनालाई गोली हानेको र घटनालाई हत्या प्रयास, आगजनी र हतियारको जघन्य अपराधका रूपमा अनुसन्धान भइरहेको बताएको छ ।
अनुसन्धानकै क्रममा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । हालसम्मको अनुसन्धानले आक्रमणकोपछि आतंकवादी उद्देश्य नभएको पुष्टि भएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया