असार २४, २०८२ मंगलबार July 8, 2025

बूढासुब्बा गोल्डकपः चर्च ब्याइज युनाइटेडले आरटिसी भुटानलाई ७–० गोल अन्तरले हरायो

चर्च ब्याइज युनाइटेड फुटबल क्लब बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी) । आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज धरान रङ्गशालामा भएको खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले अब्योमी फकुन्लेको पासमा गोल गरेका थिए ।

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा समीर तामाङले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसैगरी चर्च ब्वाइजकै अर्माण्ड भिदोमले खेलको २७औँ, ४९औँ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । चर्च ब्वाइजकै पदम भट्टराईले २९औँ मिनेटमा गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए । उनले ट्रफी र नगद रु १० हजार प्राप्त गरे । बिहीबार हुने सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौँ र युकेएफसी भारतबीच हुनेछ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अफ दी म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार