असार २५, २०८२ बुधबार July 9, 2025

राजस्व अनुसन्धान पथलैयाद्वारा आठ वटा मुद्दा दायर

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पथलैया (बारा)। राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदावी रकम र मुद्दा संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।

‘‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावद्ध मुद्दा मागदावी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’’ उनले भने ,‘‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’’

कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी संकलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख संकलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।

कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी संकलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार संकलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख संकलन गरेको थियो । कार्यालयले चालु आवमा विदेशी विनियम मुद्दा संख्या छ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या छ नै रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार