असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ माघः राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जिव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

न्याय सम्पादनमा सहयोग पुर्‍याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री भट्टराईले प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण, डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताउनुभयो ।

“वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तथा विधि विज्ञान सम्बन्धमा अध्ययन, अनुुन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले सभासमक्ष यो विधेयक पेस गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार