श्रावण २०, २०८३ बुधबार August 5, 2026

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा.सुवासप्रसाद आचार्य

छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. सुवासप्रसाद आचार्य र महाराजगञ्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखमा प्रा.डा. सुरेश उप्रेती नियुक्त हुनुभएको छ ।

छनोट समितिले दिएको सिफारिसमा आचार्य र उप्रेतीलाई नियुक्त गरिएको हो ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई छनोट गरेको थियो । जसमा प्रारम्भिक सूचीमा प्रा.डा घनश्याम गुरुङ, प्राडा नरमाया थापा सह प्रा डा गोपाल सेडाईं, र प्रा डा सुवासप्रसाद आचार्यलाई छनोट गरेको थियो ।

त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि प्रारम्भिक चरणमा ५ जना छनोटमा परेका थिए ।

डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्य उहाँहरूको कार्यकाल ४ वर्ष रहने छ । 

त्रिविमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को आधारमा कार्यकारी निर्देशकको नियुक्ति गर्ने व्यवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार