श्रावण २०, २०८३ बुधबार August 5, 2026

मुस्लिम समुदायमा एचपिभी खोपप्रति आकर्षण

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन मुस्लिम समुदायका बालिका र किशोरीहरू ठुलो सङ्ख्यामा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ २५ गते । मुस्लिम र मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नेपालगन्जमा यस पटक मुस्लिम समुदायका बालिका तथा किशोरीमा एचपिभी खोपप्रति विशेष उत्साह देखिएको छ ।

यसअघि सञ्चालन गरिएका विभिन्न खोप अभियानमा निकै कम सङ्ख्यामा मुस्लिम समुदायको सहभागिता हुन्थ्यो । यस पटक निकै राम्रो उत्साह देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप प्रमुख नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन मुस्लिम समुदायका बालिका र किशोरीहरू ठुलो सङ्ख्यामा सहभागी भएका छन् ।

उहाँले सो क्रममा नेपालगन्जको गुरुद्वारा रोडमा रहेको मदरसा बरकातियामा राखिएको खोप केन्द्रमा मुस्लिम बालिकाको निकै उत्साह देखिएको बताउनुभयो । सो मदरसामा अध्ययनरत बालिका र वरिपरि क्षेत्रका समेत बालिका खोप लगाउन मदरसामा पुगेको मदरसाका प्रबन्धक मौलाना जियाउल मुस्तफाले बताउनुभयो ।

मुस्लिम समुदायको खोपमा पहुँच बढाउन यसअघि स्वास्थ्य कार्यालयले बाँके युनेस्को क्लबसँगको सहकार्यमा मुस्लिम धर्मगुरु, शिक्षक र महिला अगुवासँग अन्तर्क्रियासमेत गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार