असार २१, २०८२ शनिबार July 5, 2025

मुस्लिम समुदायमा एचपिभी खोपप्रति आकर्षण

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन मुस्लिम समुदायका बालिका र किशोरीहरू ठुलो सङ्ख्यामा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ २५ गते । मुस्लिम र मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नेपालगन्जमा यस पटक मुस्लिम समुदायका बालिका तथा किशोरीमा एचपिभी खोपप्रति विशेष उत्साह देखिएको छ ।

यसअघि सञ्चालन गरिएका विभिन्न खोप अभियानमा निकै कम सङ्ख्यामा मुस्लिम समुदायको सहभागिता हुन्थ्यो । यस पटक निकै राम्रो उत्साह देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप प्रमुख नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा सुरु गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन मुस्लिम समुदायका बालिका र किशोरीहरू ठुलो सङ्ख्यामा सहभागी भएका छन् ।

उहाँले सो क्रममा नेपालगन्जको गुरुद्वारा रोडमा रहेको मदरसा बरकातियामा राखिएको खोप केन्द्रमा मुस्लिम बालिकाको निकै उत्साह देखिएको बताउनुभयो । सो मदरसामा अध्ययनरत बालिका र वरिपरि क्षेत्रका समेत बालिका खोप लगाउन मदरसामा पुगेको मदरसाका प्रबन्धक मौलाना जियाउल मुस्तफाले बताउनुभयो ।

मुस्लिम समुदायको खोपमा पहुँच बढाउन यसअघि स्वास्थ्य कार्यालयले बाँके युनेस्को क्लबसँगको सहकार्यमा मुस्लिम धर्मगुरु, शिक्षक र महिला अगुवासँग अन्तर्क्रियासमेत गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार