श्रावण २०, २०८३ बुधबार August 5, 2026

स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल

यलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्‍याउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सुविधाको प्रयासमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल नेस्नल हस्पिटल कलङ्कीमा आजदेखी सुरु भएको मृगौला रोगीहरूको लागी डायलासीस सेवाको उद्घाटन गर्नुहुँदै उहाँले डायलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्‍याउने बताउनुभयो ।

बिगत ७ वर्षदेखि स्वास्थ्य सेवा पुर्‍याउँदै आएको सो अस्पतालमा नवजात शिशुका लागी अत्याधुनिक स्वास्थ्य सेवा लगायत सुविधा सम्पन्न डायलासीस सेवाले गर्दा यस क्षेत्रका सबै मृगौला पीडितहरूका लागी सर्वसुलभ सेवा पुर्‍याउने अपेक्षा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिनुभयो ।

डायलासीस सेवाको उद्घाटन समारोहमा पाटन उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला, चीन सरकारका लागी नेपालका पूर्व राजदूत बिष्णु पुकार श्रेष्ठ, लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार