असार २४, २०८२ मंगलबार July 8, 2025

‘प्रधानसेनपति खुला म्याराथन’ फागुन १० गते

म्याराथनमा प्रथम हुनेलाई यामाहा मोटरसाइक तथा स्कुटर प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । २६२ औं सेना दिवसको अवसरमा आगामी फागुन १० गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ।

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पुरुष म्याराथन तथा २१ किमी महिला-पुरुष हाफ म्याराथन गर्न लागिएको जानकारी गराइएकाे छ ।

सैनिक अधिकृत र सैनिक सहचारी महिला-पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन पनि आयोजना हुने जानकारी दिइयो।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई यामाहा मोटरसाइक तथा स्कुटर प्रदान गरिने बताइएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार