असार २४, २०८२ मंगलबार July 8, 2025

धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने

प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), २५ माघः धरानमा यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता हुने भएको छ । आज एन्फा एकेडेमीमा पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा उक्त प्रतियोगिता हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्लाका क्लबलाई नेपाली फुटबलको महत्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न प्रदेश प्रिमियर लिगको आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबबीच हुने प्रतियोगिताबाट दुई वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताका चार समूहमा समूह ‘ए’ लोहरुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर रहेका छन् भने समूह ‘बि’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट स्पोर्टिङ फुटबल क्लब मोरङ रहेका छन् ।

समुह ‘सि’ मा देउराली युवा क्लब धनकुटा, धाइजन चारआली फुटबल क्लब झापा, रेड हर्स फुटबल क्लब इलाम, समूह ‘डि’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतीशील युवा क्लब ताप्लेजुङ, बुइँपा ११ फुटबल क्लब खोटाङ रहेका आयोजकले जनाएको छ ।

प्रिमियर लिगको सुपर चारका लागि प्रथम पुरस्कार रु दुई लाख, दोस्रो पुरस्कार रु एक लाख ५० हजार, तेस्रो रु एक लाख २५ हजार, चौथो पुरस्कार रु एक लाख रुपैयाँ रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतियोगितको वेष्ट प्लेयरले रु ५० हजार, वेष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकरले रु १५ हजारु पुरस्कार पाउनेछन् भने प्रतियोगिताको १६ प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार रु पाँच हजार प्रदान गरिनेछ । अध्यक्ष राईका अनुसार पहाडी जिल्ला च्याम्पियन क्लबलाई प्रिमियर लिग तयारीका लागि रु ६० हजार र तराईका जिल्लालाई रु ५० हजारको तयारी खर्च प्रदान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार