श्रावण २०, २०८३ बुधबार August 5, 2026

पिनास भएमा के गर्ने ? के नगर्ने ? जानीराखौं ।

दही, दूध, माछा, मासु, अण्डा पिरो अमिलो, चिल्लो र चिसो खानेकुराहरु पूरै बार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  पिनास रोग हेर्दा सामान्य देखिए तापनि यो एउटा डरलाग्दो रोग हो । यसको समयमै उपचार नगरे रोगीको अकालमै मृत्यु हुने सम्भावना हुन्छ ।

नाक सुख्खा हुने, टाउकोको सम्पूर्ण भाग दुख्ने, नाक बन्द हुने, हाच्छ्युँ आइरहने, बेला बेलामा पातलो सँगान बग्ने, रुघा लागिरहने, यस रोगका प्रमुख लक्षणहरु हुन् । यसको समयमै उपचार नगरिएमा नाकभित्र पिप जमी किरा परी नाक नै झर्नुको साथै आँखा, नाक, कान, मुखमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

पिनास भएमा खान र गर्न नहुने कुराहरु दही, दूध, माछा, मासु, अण्डा पिरो अमिलो, चिल्लो र चिसो खानेकुराहरु पूरै बार्ने गर्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसलायुक्त खानेकुरा खानुहुँदैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेँडा, पिँडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुँदैन ।

पिनास भएको बेलामा खान र गर्न हुने कुराहरु ठिक्कको मनतातो पानी पिउने, चिल्लो कम भएको, उसिनेको खाना मात्र खाने, सिँगान बगिरहेमा तातोपानीमा अदुवा र थोरै पिप्ला राखी पिउने वा सहनसक्ने तातोपानीमा तुलसीका केही पातहरु, अदुवा र मह राखेर पटकपटक पानी पिउने, सुख्खा पिनास भएमा पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार