श्रावण २०, २०८३ बुधबार August 5, 2026

नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप

एक पटक खोप लगाइ सकेपछि तीन वर्ष सम्म खोप दिनु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २७ माघ : यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट दश हजार डोज खोप प्राप्त भएकामा नौ हजार नौ सय ६९ डोज खोप बाख्रालाई लगाइएको छ । “घातक संक्रामक रोग पिपिआरका कारण नगरपालिका क्षेत्रमा व्यावसायिक बाख्रापालन गरेका किसानले क्षति व्यहोर्दै आएका थिए”, पशु शाखा प्रमुख भट्टले भन्नुभयो, “त्यसलाई न्यूनिकरण गर्न खोप अभियान सञ्चालन गरेका हौँ ।”

यस रोगका कारण बाख्रामा कडा ज्वरो आउने, सिँगान बग्ने, आँखामा -याल काढ्ने, चिप्रा (कचेरा) देखिने, छेर्ने, मुख तथा गिजामा पानीफोका जस्ता घाउ आउने र घाँस खान नसकेर बाख्राको मृत्यु हुने गर्छ ।

एक पटक खोप लगाइ सकेपछि तीन वर्ष सम्म खोप दिनु नपर्ने पशु प्राविधिक लक्ष्मीदत्त जोशीले बताउनुभयो । सरकारले खोप अभियान सञ्चालन गरी सन् २०३० सम्ममा पिपिआर खोप नियन्त्रण गर्ने लक्ष्य लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार