चैत्र १३, २०८१ बुधबार March 26, 2025

काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

बसका चालक ३५ बर्षीय रामकृष्ण थापा मगर र ८ बर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : काठमाडौँको दक्षिणकालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आज दिउँसो दक्षिणकाली नपा-४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसका चालक ३५ बर्षीय रामकृष्ण थापा मगर र ८ बर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिनुभएको छ।

बसमा रहेका करिव ६० जना मध्ये अधिकांश घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी उपरिक्षक बोहोराको भनाइ छ ।

बोहोराका अनुसार घाइतेहरुमध्ये बयोधा अस्पताल बल्खुमा ५ जना, नगर अस्पताल दक्षिकालीमा ३ जना, किर्तिपुर अस्पतालमा ३ जना, शहिद मेमोरियल अस्पताल कलंकीमा ३ जना, ट्रमा सेन्टरमा १२ जना, मेडिसिटीमा ७ जना र मनमोहन अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

बस सडकबाट करिव १ सय मिटर तल खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया