असार २४, २०८२ मंगलबार July 8, 2025

दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट

जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, २९ माघः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा सोमबार विभिन्न प्रतियोगिताअन्तर्गत जुडो र भारात्तोलनका खेलाडी छनोट गरिएका छन् । जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भएका हुन् ।

जुडोमा पुरुषतर्फ ६० किलोमा कैलालीका चन्द्रबहादुर बोहोरा, ६६ किलोमा कैलालीका चेतेन्द्र बम, ७३ किलोमा कैलालीका हरि गोविन्द जोशी, ८१ किलोमा कैलालीका योगेन्द्र विष्ट, ९० किलोमा कञ्चनपुरका सुरेश गिरी, एक सय किलोमा कैलालीका रमेश चन्द र एक सयभन्दा बढी किलोमा कैलालीका चन्द्रप्रसाद चौधरी छनोट भएका परिषद्ले जनाएको छ ।

महिलातर्फ ४८ किलोमा कैलालीकी मीना सिंह, ५२ किलोमा कैलालीकी देवकी थापा, ५७ किलोमा कञ्चनपुरकी रञ्जना चौधरी र ७८ किलोमाथि कञ्चनपुरकी नेहा नेपाली छनोट भएका छन् ।

त्यस्तै भारात्तोलनतर्फ पुरुषमा ५५ किलोमा सिद्धार्थ चौधरी, ६१ किलोमा कञ्चनपुरका दिनेश घटाल, ६७ किलोमा कैलालीका सुदीप चौधरी, ७३ किलोमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ किलोमा कैलालीका नरेश चौधरी, ८९ किलोमा कञ्चनपुरका आरयन भण्डारी, ९६ किलोमा कञ्चनपुरकै प्रदीप भण्डारी, एक सय दुई किलोमा कञ्चनपुरका विजय जोशी, एक सय नौ किलोमाथि कञ्चनपुरका सुभास उपाध्याय रहेका छन् ।

महिलातर्फ ४५ किलोमा कैलालीकी सविना चौधरी, ५५ किलोमा कैलालीकी सुनिता चौधरी, ६४ किलोमा कैलालीकी अङ्किता चौधरी, ७६ किलोमा कञ्चनपुरकी चम्पा ठकुल्ला, ८१ किलोमा कैलालीकी सानम चौधरी १० औँ राष्ट्रियका लागि छनोट भएकी छिन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् भने चार सय ५० जना निर्णायक पनि सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले १०औँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो । छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुनेछन् ।

कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरु भइरहेका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल भइरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ रहेका सिंहले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार