श्रावण २०, २०८३ बुधबार August 5, 2026

मधेशमा ४० प्रतिशत किशोरीहरूले लगाए एचपीभी खोप

महोत्तरी जिल्लामा ३१ प्रतिशतले मात्र खोप लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । महिलाहरूको पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको नेपाल सरकारले प्रदान गरेको निःशुल्क एचपीभी खोप मधेश प्रदेशका जिल्लाहरूमा ४० प्रतिशत लक्षित समूहले लगाएको छ ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले सरस्वती पूजाका कारणले विद्यालयहरू प्रभावित भएको र गत आइतबारबाट विद्यार्थीहरू विद्यालय फर्केकाले माघ २७ गतेबाट खोप कार्यक्रमले गति लिएको जानकारी दिनुभएको हो ।

मधेश प्रदेशका जिल्लाहरूमा हिजो साँझसम्ममा १ लाख ४८ हजार ४ सय २८ लक्षित उमेर समूहका किशोरीहरूले खोप लगाएको निर्देशनालयले जनाएको छ । मधेश प्रदेशमा ३ लाख ६९ हजार १ सय २४ जना किशोरीहरूलाई एचपिभि खोप लगाउने कार्यक्रम रहेको छ । लक्षित वर्ग मध्ये विद्यालय बाहिर रहेका ७५ हजार २ सय ११ किशोरीलाई अन्तिम दिन सम्बन्धि वडाको स्वास्थ्य संस्थामा खोप दिने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारले देशको ७७ वटै जिल्लाहरूमा माघ २२ गतेबाट फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रा तथा १० वर्ष देखि १४ वर्षका किशोरीहरूलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको एचपिभि खोप दिने कार्यक्रम जारी राखेको छ । पाठे घरमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि निक्कै प्रभावकारी रहेको एचपिभि खोप निक्कै महँगो भएकाले सरकारले निःशुल्क रुपमा दिन थालेकाले कसैले छुटाउन नहुने विषयमा स्वास्थ्य निर्देशनालय गम्भीर भएको स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले बताउनु भयो ।

जिल्लागत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी बारा जिल्लामा ४८ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् भने सबै भन्दा कम महोत्तरीमा लगाएका छन् । महोत्तरी जिल्लामा ३१ प्रतिशतले मात्र खोप लगाएको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य जिल्लाहरूमा सप्तरीमा ४१ प्रतिशत, सिरहामा ४० प्रतिशत, धनुषामा ४० प्रतिशत, सर्लाहीमा ३९, रौतहटमा ४४ प्रतिशत र पर्सा जिल्लामा ३९ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् ।

नेपालमा सरदर रुपामा पाठेघरको क्यान्सर रोग लागेका ६ जना मध्ये ४ जनाको मृत्यु हुने गरेकाले निक्कै प्राणघातक रोग भएकाले यसबाट किशोरीहरूलाई सुरक्षित राख्नका लागि अभियानको रुपमा नै खोप दिन थालेको छ । जीवनमा एक पटक लगाएपछि सधैँका लागि रोग लाग्नबाट सुरक्षित बनाउने भएकाले खोप खोजी खोजी लिन जरुरी रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन् ।

खोप लिएकाहरूमा हालसम्म कुनै प्रकारको साइड ईफेक्ट पनि नदेखिएको निर्देशनालयका खोप शाखा प्रमुख झाले जानकारी दिनु भयो । खोप कार्यक्रमलाई शत प्रतिशत पुर्‍याउनका लागि निर्देशनालयलाई थप समय दिनु परेपनि दिने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार