असार २५, २०८२ बुधबार July 9, 2025

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

एनआइसी एसिया ग्रोथ फन्डको सबैभन्दा धेरै सात लाख १२ हजार १०० कित्ता शेयर किनबेच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ माघः पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज २९९ कम्पनीका एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको छ ।

विकास बैङ्क समूह दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य एक र म्युचुअल फन्ड शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव २०, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४७, जीवन बीमा शून्य दशमलव शून्य आठ, लघुवित्त शून्य दशमलव शून्य चार, निर्जीवन बीमा शून्य दशमलव ४३, व्यापार एक दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु ३६ करोड ८१ लाख ८२ हजार ८९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको सबैभन्दा धेरै सात लाख १२ हजार १०० कित्ता शेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार