श्रावण २०, २०८३ बुधबार August 5, 2026

चितवनका पाँच पालिकाका किशोरीले लगाए एचपिभी खोप

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, २९ माघः जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई हजार ९०७, कालिका नगरपालिकाका दुई हजार २२७, माडी नगरपालिकाका एक हजार ४३ र इच्छाकामना गाउँपालिकाका एक हजार २२७ किशोरीले खोप लगाएका हुन् । यही माघ २२ गतेदेखि सुरु गरिएको अभियान अहिले रत्ननगर र भरतपुरमा जारी रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म सातै पालिकाका २५ हजार ५६ किशोरीले एचपिभी खोप लगाएका छन् । कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाएका हुन् । केसीका अनुसार भरतपुरका ११ हजार ६८४ र रत्ननगरका तीन हजार २४० ले खोप लगाइसकेका छन् । रत्ननगरमा आगामी फागुन १ गतेसम्म र भरतपुरमा फागुन ३ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

जिल्लाका ४४६ खोप केन्द्रबाट यहाँका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप दिने लक्ष्य लिइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० देखि १४ वर्ष उमेर समूहका ती किशोरीहरुलाई खोप दिइएको हो । जिल्लाका खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवक परिचालन गरिएको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२÷७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार