श्रावण २०, २०८३ बुधबार August 5, 2026

भरतपुर अस्पतालमा बिरामीका लागि ‘सटल बस’

फागुन १ गते अर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निःशुल्क सटल (छोटो दुरीमा चल्ने)बस सञ्चालन गर्ने भएको छ ।

फागुन १ गते अर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । उहाँले भन्नुभयो, “नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिन लागिएको हो ।”

अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको बसलाई सटल बसका रुपमा सञ्चालन गर्न ल्याइएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ । पौडेलका अनुसार अस्पतालमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।

चितवनसहित १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको यस अस्पतालमा आउने बिरामी र तिनका आफन्तले समयमा अस्पताल आउने सवारी साधन नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटल बस सञ्चालनमा ल्याएको पौडेलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार