असार २४, २०८२ मंगलबार July 8, 2025

दशौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश

उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको हो ।

जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बैतडीका लागि कप्तान रितु कनौजिया, जानकी थापा, आरती बोहराले दुई/दुई र वसन्ती बोहराले एक विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४ दशमलव चार ओभरमा ८४ रनमा समेटियो । जसमा कप्तान रितु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरिन् । कैलालीका खुसी पौडेलले तीन र कप्तान स्नेहा महराले दुई विकेट झारे । उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चुनिने छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया