श्रावण २०, २०८३ बुधबार August 5, 2026

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हैदराबाद (भारत), १ फागुनः भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।

“भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताउनुभयो ।

उहाँले पछिल्ला दुई वर्षमा उक्त रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ह्रास आएको बताउनुभयो । नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेका छन्भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् ।

“रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ”, उहाँले भन्नुभयो, “मैले सुनेअनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएकका छौँ ।”

अध्यक्ष डा एल्लाले खोपको गुणस्तर, सुरक्षा, र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ ।

लम्पी स्किन रोग लागेपछि गाईभैँसीको शरीरभरि छालामा गिर्खाहरू देखापर्ने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, दूध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने जस्ता लक्षण देखिने गरेका छन् ।

संस्थापक एल्लाले यो खोप पशुचिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि ‘गेम–चेन्जर’ हुने दाबी गर्नुभयो । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको जनाइएको छ । यो रोग लागेपछि पशुहरूको दूध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसविरुद्धको कोभ्याक्सिनलगायतका करिब तीन दर्जन खोप उत्पादन गरिसकेको कम्पनी सन् १९९६ मा स्थापना भएको हो । अमेरिकाबाट स्वदेश फर्किएर डा एल्ला र उहाँकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गर्नुभएको थियो । हाल भारत बायोटेक कम्पनीसँग दुई सय २० भन्दा बढी पेटेन्ट छन् । हाल भारत बायोटेक कम्पनीले खोप उत्पादनसँगै कृषि र जैविक क्षेत्रमा पनि काम गरिरहेको जनाइएको छ । साथै कम्पनीसँग विभिन्न स्थानका प्लान्टमार्फत वार्षिक छ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको त्यस अवसरमा जानकारी दिइयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार