कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षामन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

नेपालको शिक्षाक्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि  राजदूतको टोलीलाई धन्यवाद व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा शिक्षामन्त्री भट्टराईले हाल समकक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने, यसका लागि विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने बताउनुभयो।

मन्त्री भट्टराईले नेपालको शिक्षाक्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि  राजदूतको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटमा  राजदूत फेनले नेपालको  शिक्षाक्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग, बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताबारेमा चासो व्यक्त गर्नुभयो।

नेपालको उत्पादनशील जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमूलक बनाउने, नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिनेलगायतका विषयमा उहाँले आफ्नो विचार राख्नुभयो। भेटमा ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रष्टम मोडीसहित अन्य कूटनैतिक व्यक्तित्वहरूको उपस्थिति थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार