असार २५, २०८२ बुधबार July 9, 2025

थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टीः ३५८  जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार गरिएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

प्रवक्ता प्राडा. गौतमका अनुसार नयाँ संक्रमित हुनेहरुमा सुनसरीका ५ , झापाका ५, मोरंगका ४६, सप्तरीका ५१, पर्साका ७१, काठमाडौँका ४३,  सर्लाहीका २, भक्तपुरका ५ , धनुषाका ३०, महोत्तरीका ३१, सिरहाका ३, बाराका ४, कैलालीका ६७, कन्चनपुरका १६ जना रहेका छन् ।

त्यसैगरी रसुवाका १, रौतहटका २, ललितपुरका ३, चितवनका १, गुल्मीका १, दोलखाका १, कास्कीका ८, स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, बर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमपश्चिमका २ र अछामका ४ जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २०,७५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३५८  जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या१४,९६१ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार