श्रावण २०, २०८३ बुधबार August 5, 2026

ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने

ढुक्क भएर यो सुविधा लिन वडावासीलाई पालिकाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २ फागुन । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पालिकाभित्र रहेका ७० वर्षभन्दा माथिका आंशिक वा पूर्ण रुपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा दन्त उपहार प्रदान गर्ने भएको हो ।

पालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी, सुनसरीको सहकार्यमा आगामी फागुन ७ गतेदेखि ज्येष्ठ नागरिकको दन्त परीक्षण गरी पूर्ण वा आंशिक रुपमा दाँत लगाइदिने तयारी भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभयो ।

दक्ष दन्त चिकित्सक (डेन्टिस) मार्फत ज्येष्ठ नागरिकको सेवाका उपलब्ध गराइने भएकाले ढुक्क भएर यो सुविधा लिन वडावासीलाई पालिकाले आग्रह गरेको छ । उहाँका अनुसार प्रत्येक वडाका नागरिकलाई सम्बन्धित वडा कार्यालयमा शिविरको आयोजना गरी सेवा प्रदान गरिनेछ ।

पालिकाका अनुसार फागुन ७ गते पहिलो दिन वडा नम्बर १ कार्यालय निघुरादिन, ८ गते वडा २ कार्यालय फूलबारी र ९ गते वडा ३ कार्यालय हाङपाङका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने योजना रहेको छ । यस्तै, फागुन १० र ११ गते चाँगेको वडा ४ कार्यालय तथा वडा ५ कार्यालय भवनमा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक वडाको वडा कार्यालयमा पुगेर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने गाउँपालिकाको भनाइ छ । यस सेवा उपभोग गर्नका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार