श्रावण २०, २०८३ बुधबार August 5, 2026

नेपाल एपिएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा बुढाथोकीलाई दोसल्ला ओढाएर गरे सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ फागुनः विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पु¥याएवापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकी सम्मानित हुनुभएको छ ।

उहाँ सो मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा यसवर्षको ‘आइजी एपिएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायव उपरीक्षकत्रय उमेश कँडेल, डा आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपिएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ‘नेपाल एपिएफ अस्पताल’मा थप पूर्वाधार, जनशक्ति र उपकरण विस्तार गर्दै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उत्कृष्ठ स्थल बनाइने जानकारी दिनुभयो ।

नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले अस्पतालको शय्या ३०० स्वीकृत भएको र यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनकार्य प्रारम्भ भइसकेको बताउनुभयो ।

विसं २०५८ फागुन २ गते सशस्त्र प्रहरी बल हल्चोकमा एकजना चिकित्सकसहित पाँचजना तालिम प्राप्त जनशक्तिद्वारा सेवा सुरुआत गरेको अस्पतालले विसं २०६० चैत ७ गतेबाट ११० शय्या सञ्चालन गरिहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार