असार २५, २०८२ बुधबार July 9, 2025

डिजेल-मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो, पेट्रोलको कति पुग्यो ?

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।

Petrol price increased, diesel/kerosene reduced by Rs 4 per litre

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया