श्रावण २०, २०८३ बुधबार August 5, 2026

मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित

जिल्लाका छवटै पालिकाबाट मुटुको समस्या भएका बिरामी परीक्षण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तेह्रथुम, ४ फागुन : जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् ।
लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंकसहित जिल्लास्थित विभिन्न संस्थाको समन्वयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको हो । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छवटै पालिकाबाट मुटुको समस्या भएका  बिरामी परीक्षणका लागि आएका थिए ।
शिविरमा परीक्षण गरिएकाहरू थप उपचार गर्नुपर्ने बिरामीलाई गङ्गालाल हृदय केन्द्र काठमाडाँैमा निःशुल्क उपचार गरिने गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले बताउनुभयो । बिरामीको यातायातको शुल्क भने जयन्ती मेमोरियल ट्रष्टले बेहोर्ने उहाँले बताउनुभयो । शिविरमा मुटुरोग विशेषज्ञ डा दीपक लिम्बूसहितको १८ विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।
तेह्रथुमबाट मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्था छ । जसका लागि पैसा र समय पनि खर्चिलो भएकाले सबैको पहुँचमा नहुने भएकाले तेह्रथुमजस्तो विकट पूर्वी पहाडी जिल्लामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले मुटु परीक्षणका लागि तेह्रथुमजस्तो दुर्गम जिल्लामा सबै पक्षको समन्वयमा ल्याउन सफल भएकोप्रति आभार व्यक्त गर्नुभयो । सांसद गुरुङले तेह्रथुम जिल्लामा मुटुको स्वास्थ्य शिविर लामो समयको प्रयासपछि ल्याउन सफल भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार