असार २४, २०८२ मंगलबार July 8, 2025

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा

फाल्गुन १४ गतेसम्म चल्ने प्रतियोगीतामा नेपालसहित किर्गीस्तान, म्यानमार र लेवनान सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा भोलिबाट सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको तयारी पूरा भएको जानकारी गराएको छ । भोलिबाट सुरु हुने प्रतियोगीता १४ गतेसम्म चल्नेछ । प्रतियोगीतामा नेपालसहित किर्गीस्तान, म्यानमार र लेवनान सहभागी हुनेछन् ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो। खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया