असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप भक्तपुरमा हुने

च्याम्पियनसिपको विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  ४ फागुन। नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते भक्तपुरको मध्यपुर मैदानमा राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने भएको छ ।

च्याम्पियनसिपमा ६ वटा प्रदेश र दुई वटा क्लब गरी आठ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लिग कम नकआउट आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

लिग चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपको विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया