असार २१, २०८२ शनिबार July 5, 2025

अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आउनुभएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उहाँले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थाल्नुभएको हो ।

गाउँमा अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका–४, विजय ढुङ्गाकी किसान पारू रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ । त्यसबाट पेट पाल्नै सकस भएको थियो ।” अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुई/चार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पालिने गरेको रोकायाले बताउनुभयो ।

रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गर्नुभएको थियो । गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उहाँले त्यो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो ।

गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट लगाउनुभएको थियो । बारीमा लगाएका सबै सुन्ताल अहिले लटरम्म फल्ने गरेका छन् । अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो ।

भोको पेट पाल्नका लागि सबै भारतमा कामको खोजीमा जाने गरेका उहाँका श्रीमान् अहिले सुन्तला बिक्रीमा व्यस्त हुनुभएको छ । सुन्तला खेतीले अहिले उहाँले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिँदै आउनुभएको छ । पहिलो पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाइ हुन थालेपछि अहिले उहाँले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी भएको रोकायाले बताउनुभयो ।

पछिल्लो समय यहाँको हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका पालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यसरी बाजुरामा उत्पादन गरेको सुन्तला बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार