माघ ९, २०८२ शुक्रबार January 23, 2026

रासस संस्कृति र भाषाको जर्गेना एवं संरक्षणमा केन्द्रित हुनुपर्छ: उपराष्ट्रपति

नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रुपमा राससले काम गर्नुपर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राससले समाज र देशको समस्या, चुनौती समाधानका उपायबारे सही सूचना प्रवाह गर्दै अभिव्यक्ति स्वतन्वतालाई कायम राख्न थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “विभिन्न दृष्टिकोण र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने मियो संस्था रासस बन्नुपर्दछ, यसले सूचना प्रवाहलाई अझ सुगम बनाउँदै देश तथा अन्तरराष्ट्रियस्तरमा भएका घटनालाई परिस्कृत र तथ्यपरक जानकारी पाठकसम्म कसरी पु¥याउन सकिन्छ भन्ने ध्येयका साथ अघि बढ्नुपर्दछ ।”

नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रुपमा राससले काम गर्नुपर्ने उहाँको भनाइ छ । राससले देश र विदेशका समाचार, तस्बिर र श्रव्यदृश्य सामग्री अनलाइन सेवामार्फत नागरिकलाई सुसूचित गराउन सफल भएको उहाँको विश्वास छ । उहाँले राससले राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहितालाई हृदयदेखि आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न एवं देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई उत्प्रेरित गर्ने खालका विषयवस्तुलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।

“राससले महत्वपूर्ण घटनाको सूचना समयमै उपलब्ध गराउँदै सेवाग्राहीमार्फत जनतालाई सचेत र सूचित बनाउँदै आएकै छ, अब समय सुहाउँदो प्रविधि र आमपाठकको अभिरुचिलाई केन्द्रविन्दुमा राख्दै परिस्कृत भूमिकाको अपेक्षा छ”, उहाँले भन्नुभएको छ ।

राजनीति र आर्थिक जीवनको विभिन्न पक्षको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिताको दायित्व भएकाले त्यसमा राससको भूमिका अझ प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति
२०८२ माघ ९, शुक्रबार
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
२०८२ माघ ९, शुक्रबार
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
२०८२ माघ ९, शुक्रबार
बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
२०८२ माघ ९, शुक्रबार
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
२०८२ माघ ९, शुक्रबार