श्रावण २०, २०८३ बुधबार August 5, 2026

स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित

तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ७ फागुनः यहाँको हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २८ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

यही फागुन ३ देखि ५ गतेसम्म सञ्चालित शिविरमा सात सय नौजना महिला र तीन सय १९ जना पुरुषले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताउनुभयो ।

स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिएका थिए । १० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

‘पोस्ट ग्राजुएट’का लागि २६ सिट

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चिकित्सा विज्ञान अध्ययनका लागि स्नातकोत्तर तहमा २६ सिट पढाउने अनुमति प्राप्त गरेको छ ।
जसमा एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र उमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेटिसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिटको अनुमति दिइएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

चिकित्सकको अहेबले अभावमा अस्पताल चलाउनुपर्ने बाध्यता अब अन्त्य हुने प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार