चैत्र १२, २०८१ मंगलबार March 25, 2025

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

निःशुल्क शिविरमा नेत्र परीक्षण गराउनेमध्ये ७५ प्रतिशत महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० मा बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनाका साथै औषधि वितरण पनि गरिएका अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए । “मोतियाविन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रुपमा गरिने छ ।”

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो । शिविरमा नेत्र परीक्षण गराउनेमध्येमा ७५ प्रतिशत महिला थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया