असार २१, २०८२ शनिबार July 5, 2025

भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ ।

आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा तीन सय यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ । पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा तीन सय यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ । काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ ।

कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ । यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागूू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ ।

एक दर्जनले मागे अनुमति

भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाई दुबईले उडान अनुमति मागेको गोरखापत्र दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार