असार २३, २०८२ सोमबार July 7, 2025

सामुदायिक विद्यालयका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

थप उपचार आवश्यक छात्रछात्राहरुलाई अस्पतालमा रिफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुरका सामुदायिक विद्यालयका बालबालिकाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हनुमानघाटस्थित चण्डेश्वरी आधारभूत विद्यालय र भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेंस्थित श्री वरदायणी आधारभूत स्कुलका छात्रछात्राहरुले शिविरमा नाक, कान, घाँटीको परिक्षण गरिएको हो ।

वर्ल्ड नेवाः अर्गनाइजेशनको अगुवाईमा भएको शिविरमा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको जनाइएको छ । शिविरमा विद्यार्थीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

समस्या देखिएका बालबालिकाको अस्पतालमा रिफर गरिएको अर्गनाइजेशनकी उपाध्यक्ष रजनी प्रधानले बताउनु भयो । थप उपचार आवश्यक छात्रछात्राहरुलाई अस्पतालमा रिफर गरिएको उपाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

विद्यालयका प्लेग्रुपदेखि ६ कक्षासम्मका करिब तीन सय विद्यार्थीले सेवा पाएको चण्डेश्वरी आधारभूत विद्यालय हुनमानघाटकी प्रधानाध्यापक रीता लाखेमरुले बताउनु भयो ।

यसरी सरकारी विद्यालयमा गरिएको यो शिविर छैटौं शिविर भएको अर्गनाइजेशन युरोप कोअर्डिनेटर कुमार नापितले बताउनुभयो । शिविरमा ६ जना डाक्टर, दुई जना नर्ससहित दुई दर्जन वढी स्वास्थ्यकर्मी सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार