श्रावण २०, २०८३ बुधबार August 5, 2026

सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर अस्पताल सञ्चालन

हरिपुर्वामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्न मेयर साहले दिए प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर अस्पताल सञ्चालन भएको छ । अस्पताल सञ्चालनमा आएकाले भएपछि हरिपुर्वावासीले अब सरल रूपमा उपचार लिन पाउने छन् ।

नगर अस्पतालको हरिपुर्वा नगर प्रमुख विनोद साहले शनिबार उद्घाटन गरे ।

नगर अस्पतालमा डा. राजीवकुमार यादवबाट सेवा प्रदान गरिनेछ भने रेडियाग्राफर, गुणस्तरीय ल्याब, मुख तथा दन्तलगायत विभिन्न सेवा अस्पतालमा प्रदान गरिने भएको छ ।

यसअघि स्थानीयहरू सामान्य बिरामी पर्दा पनि महोत्तरी, मलंगवा, जनकपुर, वीरगन्ज र भारतका विभिन्न सहरमा उपचार गराउन जाने गरेको नगर अस्पतालले जनाएको छ । नगर प्रमुख साहले यो अस्पतालको २०६९ सालमा शिलान्यास गरिएको र भवन निर्माण हुँदा पनि अस्पताल सञ्चालन नभएको बताए ।

हरिपुर्वाको जनप्रतिनिधिको अथक मेहनत प्रयासले १५ शय्याको नगर अस्पताल सञ्चालन भएको हो । यो अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न आफूले हरसम्भव प्रयास गर्ने मेयर साहले बताए ।

हरिपुर्वामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्न मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहलाई निर्देशनसमेत दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार