असार २४, २०८२ मंगलबार July 8, 2025

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमार दुवैले एक एक गोल गरे

म्यानमारविरुद्ध नेपालले फर्कायो बराबरी गोल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यान्मार र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमार दुवैले एक एक गोल गरेका छन् ।

खेलको ६ मिनेटमा नै म्यानमारले अग्रता लिएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रिकिकमा सिधै गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न सकिनन् ।

म्यानमारले अग्रतथा लिएलगत्तै नेपालले बराबरी गोल फर्काएको छ । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरेकी हुन् ।

सावित्रा भण्डारीले बायाँ भागबाट अगाडि बढाउँदै सिक्स यार्ड बक्समा बल पुर्‍याएर चलाखीपूर्ण रुपमा सवितालाई पास दिएकी थिइन् । त्यसमा सविताले ट्याप इन गर्दै राम्रो फिनसिङ गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया