असार २२, २०८२ आइतबार July 6, 2025

दुबईमा ४५ नेपाली युवा अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा समस्यामा परेका छन् ।

ललितपुर, कुपोन्डोलमा रहेको प्याराडाइज म्यानपावरमार्फत ४५ दिनअघि मात्र दुबई पुगेका उनीहरूलाई सम्झौताअनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हारगुहार गरेका छन् ।

पीडितहरू भन्छन्– हामीलाई चाँडो उद्धार गर्नुहोस्

समस्यामा परेकामध्ये एक कृष्ण भण्डारीका अनुसार नेपालमा म्यानपावरले सम्झौता गर्दा प्याकिङको काम भनेर पठाएको तर दुबई पुगेपछि क्लिनरको काममा लगाएको र ८ घण्टा ड्युटी भनेको भए पनि १२–१३ घण्टा ड्युटीमा खटाउने गरेको बताएका छन् ।

‘हामी दुबई अबुधाबीमा छौं । अहिले हामी ४०–४५ जना जति साथी छौं, हामीलाई म्यानपावरले जुन काम भनेको हो त्यो काम हामीले पाएनौं, म्यानपावरले हामीलाई प्याकिङ भनेर पठाएको तर यहाँ क्लिनरको १२ घण्टा काम रहेछ,’ पीडित भण्डारीले राजधानीसँग भने, ‘म्यानपावरले १० घण्टा ड्युटी एक घण्टा खानाको टाइम भनेर पठाएको थियो । यहाँ त्यो सम्झौताअनुसार केही भएको छैन । प्याकिङको काम नभएर सबै क्लिनरकै काम मात्र रहेछ । १२ घण्टाको ड्युटीमा जान २ घण्टा र आउन २ घण्टा गर्दा १६ घण्टा हुने रहेछ ।’ न त ओभरटाइमको पैसा नै दिने रहेछ ।

श्रम स्वीकृतिको पेपरमा ८ घण्टा लेखिएको भए पनि १६ घण्टा ड्युटीमा खटाउने गरेको छ । हामीलाई जसरी भए पनि उद्धार गर्नुहोस् हामी नेपाल फर्कन चाहन्छौं । सम्झौतापत्रमा सातामा एक दिन छुट्टी भनेको थियो तर त्यो छुट्टी पनि छैन । महिनामा एक दिन मात्र छुट्टी दिने रहेछ । त्यो पनि कुनै लोकेसनमा त महिनामा दुई दिन मात्र रहेछ,’ उनले थपे ।

उनीहरूका अनुसार खाना आफैंले बनाएर खान पाइन्छ भन्ने थियो तर अहिले आएर त्यो क्याम्पमा खाना छैन, तिमीहरू आफैंले किनेर खानुपर्छ भनेर कम्पनीले भनेको बताएका छन् । बिरामी हुँदा पनि ड्युटी जानैपर्छ नत्रभने डिपोर्ट पेपरमा सिक्नेचर गर अनि सुतेर बस भन्छ । हामीसँग कुनै पनि कार्डहरू छैन तर क्याम्पसले मेडिकल कार्डले भन्छ— मेडिकल पेपरले अनि मात्र बिरामी भएको हो भन्छु । नत्रभने तिमीहरू काममा जानैपर्छ भनेर कम्पनी प्रशासनले दबाब दिने गरेको बताएका छन् ।

अहिले कम्पनीको दबाबमा धेरै जना ड्युटी गरेको र ११ जना कोठामै बसिरहेको उनीहरूले बताएका छन् । कोठामा बसेकाहरूलाई डिपोर्ट गरिदिने कम्पनीले धम्की दिएको बताएका छन् । हामीलाई म्यानपावरले भनेको भन्दा बढी ड्युटी भएको हुनाले हामीले ओभरटाइमको पैसा नपाएको हुनाले हामी अब यहाँ काम गर्न नसक्ने भयौं । त्यसैले हामीलाई उद्धार गर्नुहोस् । सम्झौताअनुसारको काम नपाएपछि म्यानपावरलाई कुरा गर्दा कहिले भोलि, कहिले पछि गर्दिन्छु भन्दै दुई साता बितिसक्दा पनि कुनै वास्ता नगरेको उनीहरूले आरोप लगाएका छन् ।

फ्री भिसा र फ्री टिकट भए पनि म्यानपावरले प्रतिव्यक्ति २ लाखदेखि २ लाख ४० हजार रुपैयाँसम्म तिरेर दुबई पुगेको बताएका छन् । आफूहरूलाई तत्काल सकुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई यसै सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् । यस विषयमा बुझ्न प्याराडाइज म्यानपावरमा सम्पर्क गर्दा फोन उठेन । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार