असार २५, २०८२ बुधबार July 9, 2025

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा-८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा-८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने लघुवित्तले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया