असार २२, २०८२ आइतबार July 6, 2025

ई–पासपोर्ट छपाइका लागि ३ वटा अन्तर्राष्ट्रिय कम्पनी प्रतिस्पर्धामा

आइडिमिया कम्पनी दुईवटा प्याकेजमा प्रतिस्पर्धी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ई–पासपोर्ट ठेक्काका लागि तीनवटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टिङ कम्पनीले बोलपत्र पेस गरेका छन् । राहदानी विभागले गत शुक्रबार मात्रै कागजात खोलेको हो ।

राहदानी विभागका सूचना अधिकारी किरणकुमार गुरुङका अनुसार पहिलो प्याकेजका लागि पाँचमध्ये तीन कम्पनीले र दोस्रो प्याकेजका लागि चारवटाले कागजात बुझाएका छन् । नयाँ ठेक्काको कुल बजेट करिब १२ अर्ब रुपैयाँ रहेको छ र ठेक्का पाउनेले ५ वर्षभित्र ६४ लाख प्रति राहदानी उपलब्ध गराउनुपर्नेछ ।

IDEMIA (आइडिमिया) लाई सन् २०१० मा नेपालले हस्तलिखित राहदानीबाट मेसिनले पढ्ने समयदेखि प्रिन्टिङ अनुमति दिएको थियो । अहिले ई–पासपोर्टका लागि पनि IDEMIA ले आवेदन पेस गरेको छ । राहदानी विभागका अनुसार मलेसियाको IRIS कर्पोरेसन बर्हाड, फ्रान्सको IDEMIA र जर्मनीको Muhlbauer ग्रुपले प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा व्यवस्थापन र डेलिभरीलगायतका eMRTDs प्रणाली खरिद गर्ने पहिलो प्याकेजका लागि बोलपत्र पेस गरेका छन् ।

त्यसैगरी, IDEMIA पोल्यान्डस्थित Polska Wytwornia Papierow Wartosciowych S.A, जर्मनीस्थित Veridos, र Muhlbauer Group ले दोस्रो प्याकेजका लागि बोलपत्र पेस गरेका छन् । जसमा ‘गुणस्तर नियन्त्रण र प्याकिङ प्रणालीसहितको भःच्त्म्क बुकलेट’को आपूर्ति गर्नेलगायतको विषय समावेश छ । हालको राहदानी आपूर्तिकर्ता फ्रान्समा आधारित IDEMIA र जर्मनीमा आधारित Muhlbauer समूह दुवै प्याकेजहरूका लागि प्रतिस्पर्धा गर्दै छन् ।

विभागले दुवै प्याकेजको बोलपत्र कागजात विभागका महानिर्देशक तीर्थराज अर्यालको अध्यक्षतामा रहेको मूल्यांकन समितिलाई बुझाएको छ । विभिन्न सरकारी निकाय र कार्यालयका विज्ञहरू मूल्यांकन प्रक्रियामा संलग्न छन् । जसले दुवै प्याकेजको प्राविधिक मूल्यांकन १५ दिनभित्र सम्पन्न गर्ने तयारी सुरु गरिसकेको छ । समितिले मूल्यांकन पूरा गरेपछि १५ दिनभित्र प्रतिवेदन तयार गरी आर्थिक बोलपत्रको मूल्यांकन सुरु गर्नेछ । प्राविधिक मूल्यांकनसँग असन्तुष्ट कुनै पनि फर्मले उजुरी गर्न सक्छ । कुनै गुनासो भएमा समाधान गरी आर्थिक बोलपत्रको समीक्षा गरेपछि अन्तिम मूल्यांकन गरिने विभागले जनाएको छ ।

सन् २०२० मा अन्तिम बोलपत्र प्रक्रियामा तीन अन्तर्राष्ट्रिय फर्महरूले प्रतिस्पर्धा गरेकामा IDEMIA ले बोलपत्र हात पारेको थियो । फ्रान्सेली फर्मले त्यसयता ई–पासपोर्ट छाप्ने र आपूर्ति गर्ने काम गर्दै आएको छ । राहदानी विभागमा स्टक घटिरहेका बेला विभागले ठेक्का प्रक्रिया अगाडि बढाएको हो । विभागसँग हाल सामान्य, कूटनीतिक, आधिकारिक, ट्राभल कागजात र सिम्यानको राहदानीलगायत १० लाख राहदानी छन् ।

आइडिमिया कम्पनीले १२ अर्बको ठेक्का हत्याउन खोजेको भन्दै उजुरी

राहदानी ठेक्का प्रक्रियाको विषयमा यसअघि केही सम्भावित बोलपत्रदाताहरूले बोलपत्र कागजातले क्ष्म्भ्ःक्ष्ब् को पक्षमा रहेको दाबी गर्दै धेरै उजुरी दर्ता गरेका छन् । त्यसपछि राहदानी विभागले बोलपत्रदाताको मागबमोजिम बोलपत्र कागजातमा धेरै परिमार्जन गर्दै बोलपत्र बुझाउने म्याद थप गरेको थियो ।

६४ लाख प्रति पासपोर्ट छपाइका लागि विभागले गत १३ मंसिरमा पहिलोपटक टेन्डर आह्वान गरेको थियो । तर, एक कम्पनीलाई मात्र फाइदा पुग्नेगरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा प-यो । फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडिमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई एक महिना थप गरेको थियो । बीचमा टेन्डर डकुमेन्ट संशोधन भएपछि अन्तिम समयमा २१ फ्रेबुअरीसम्म पु-यायो ।

आइडिमियाले राज्यको अर्बौं रकम र नागरिकको तथ्यांकमा आफूखुसी गरेको भन्दै राज्य व्यवस्था समितिमा उजुरी परेको छ । समितिमा उजुरी दर्ता भए पनि अहिलेसम्म छानबिन अघि बढेको छैन । राहदानी विभागले सन् २०१० मा २० करोडको लागतमा ओबर्थर टेक्नोलिजो नाम गरेको फ्रान्सेली कम्पनीलाई सर्वप्रथम एमआरपी पासपोर्टको ठेक्का सुम्पिएको थियो ।

२० करोडको ठेक्कालाई आधार मानेर पछि राहदानी विभागले ओबर्थर कम्पनीलाई बिनाप्रतिस्पर्धा सोझै अर्बौं रकम भेरिएसनमार्फत प्रदान गरेको थियो । २० करोडको ठेक्काबाट छिरेर पछि बिनाप्रतिस्पर्धा ओबर्थरले ल्याएको थियो ।

ओबर्थर कम्पनीलाई पछि अर्को फ्रान्सेली कम्पनी आइडिमियाले खरिद गरेको थियो । सन् २०२० मा फेरि राहदानी विभागले आइडिमियालाई करिब २ अर्ब ५० करोड रुपैयाँको ठेक्का सुम्पियो । सो ठेक्कामा आइडिमियाले राहदानी विभागलाई ई–पासपोर्ट छाप्ने विद्युतीय उपकरण, प्रणाली र २० लाख थान ई–पासपोर्ट बुकलेट छपाइ समावेश थियो ।

२ सय ५० करोडको सोही ठेक्कामा दुईपटक भेरिएसन गरेर ३१ लाख थान पासपोर्ट ५ अर्बको ठेक्का प्रतिस्पर्धाबिनै राहदानी विभागले आइडिमियालाई दियो । सन् २०२० मा ठेक्का गर्दा खरिद गरिसकेको ई–पासपोर्ट छाप्ने विद्युतीय उपकरण, प्रणालीको समेत रकम जोडेर पहिलो र दोस्रो भेरिएसन गरिएको स्रोतको दाबी छ । राज्य व्यवस्था समितिमा राहदानी विभागले आइडिमियालाई फाइदा हुनेगरी भेरिएसन गरिएको भन्दै छानबिन गर्न उजुरी परेको छ ।

‘पहिल्यै खरिद गरिसकेको उपकरण र प्रणाली पहिले जुन कम्पनीसँग खरिद गरेको हो, सोही कम्पनीसँगै पटक–पटक खरिद गरी राज्यलाई हानि नोक्सानी पु¥याएको देखिन्छ,’ राज्य व्यवस्था समितिमा परेको उजुरीमा भनिएको छ, ‘समितिले पहिल्यै खरिद गरिसकेको ई–पासपोर्ट छाप्ने उपकरण र प्रणाली पहिलो भेरिएसनमार्फत दोस्रोपटक पुनः खरिद गर्दाको मूल्य र दोस्रो भेरिएसनबाट फेरि तेस्रोपटक सोही प्रणाली र उपकरण पुनः खरिद गर्दाको मूल्यको हरहिसाब निकाली राज्यकोषको दोहनमा संलग्न अभियुक्तहरूलाई कानुनको कठघरामा ल्याउनुपर्ने देखिन्छ ।’

आइडिमियाको विषयमा अख्तियारमा पनि उजुरी

टेन्डर प्रक्रियाको प्याकेज–१ र प्याकेज–२ का लागि छुट्टाछुट्टै टेन्डर गर्ने तर एउटै कम्पनीले ठेक्कामा सहभागिता जनाउन पाउने प्रावधानप्रति आपत्ति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अमेरिकाको एचआईडी ग्लोबल लिमिटेडका नेपाल प्रतिनिधि रविन चौधरीले दिएको उजुरीअनुसार दुईवटै ठेक्कामा एकै कम्पनीले दुवै टेन्डरको मापदण्ड पूरा गरी आवेदन दिए त्यसलाई स्वीकार गर्न सकिने प्रावधानप्रति आपत्ति जनाएको हो ।

उपकरण, पूर्वाधार र प्रणालीमा हाल काम गरिरहेको आइडिमियाकै हालीमुहाली रहेको र ती सामान ठीकठाक भए पनि पहिलो ठेक्का लगाउनु शंकास्पद रहेको उल्लेख गरिएको छ । साथै, त्यही काम गरिरहेको आइडिमियाले पूर्वाधार, प्रणाली र उपकरणमा न्यून मूल्य प्रस्ताव गर्ने र त्यसलाई नै मर्मत गर्नसक्ने सम्भावना रहेको समेत आशंका गरिएको छ । ‘पूर्वाधार, प्रणाली र उपकरण अहिले आइडिमियाले नै आपूर्ति गरेको छ, त्यसलाई नै दिनेगरी प्रावधान राखिएको छ, यस’bout छानबिन होस्,’ उजुरीमा भनिएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार