कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कर्णाली प्रदेश सरकारले ‘नमूना विद्यालय कार्यक्रम’ लाई बजेट पठाउने

यसअघि छनोट भएका १३ विद्यालयमा रु ७० लाखका दरले रकम पठाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १३ फागुन : कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका १३ विद्यालयमा रु ७० लाखका दरले रकम पठाउने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

यस्तै बैठकले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने, घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१, आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१, आयोजनाको बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०८१ स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहका अनुसार कर्णालीको १० वर्षे कृषि विकास रणनीति पारित गर्नुका साथै कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन निर्देशिका, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) दोस्रो संशोधन कार्यविधि र नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार